दुई कोरियाबीच वार्ता



सोल, (एजेन्सी)
दक्षिण कोरियाले २०१८ को हिउँदे ओलम्पिक्स गेम्समा उत्तर कोरियाको सहभागिता बारे छलफल गर्न आगामी मंगलबार १ उच्च स्तरीय वार्ताका लागि हिजो प्योङयाङसमक्ष प्रस्ताव राखेको छ। अघिल्लो दिन उत्तरका सर्वोच्च नेता किम जोङ उनले आगामी फेब्रुअरीमा दक्षिण कोरियाको पेओङचाङमा आयोजना हुने ओलम्पिक्समा आफ्नो टोली पठाउने बारे सोचिरहेको बताएका थिए। उनले यसको संभावना बारे दुवै पक्षले तत्काल छलफल गर्नुपर्ने बताएका थिए। दक्षिण कोरियाली राष्ट्रपति मून जाय इनले यो प्रस्ताव २ मुलुकबीचको सम्बन्ध सुधार्ने अति उत्तम उपाय भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्