युनाइटेड फेरी दोस्रो स्थानमा



लन्डन, (एजेन्सी)
म्यानचेस्टर युनाइटेडले एभर्टनलाई २–० गोलअन्तरले हराएर प्रिमियर लिगमा दोस्रो स्थानमा पुन उक्लियो । २२ खेलबाट ४७ अंकसहित दोस्रो स्थानमा रहेको युनाइटेड शीर्ष टोली म्यानचेस्टर सिटीसँग १२ अंकले पछि परेको छ । सिटीले आज वाटफोर्डसँग खेल्दैछ ।

सोमबार राति गुडिसन पार्कमा एन्थोनी मार्सिएलले ५७ औं मिनेटमा करिब २० यार्डको दुरीबाट गोल गर्दै युनाइटेडलाई अग्रतामा राखेका थिए । जेसे लिन्गार्डले ८१ औं मिनेटमा डिबक्स बाहिरबाट सानदार गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्