गधाको अभाव



बेइजिङ, (एजेन्सी)
चीनले गधाको छालामा लगाइएको आयात कर कटौती गरेको छ। देशमा गधाको संख्यामा कमी आएपछि उक्त निर्णय लिइएको हो। चीनमा गधाको छालाको प्रयोग परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ। सोमबारदेखि गधाको छालाको आयातमा ५ प्रतिशतबाट घटाएर २ प्रतिशतमा झारेको छ। चीनमा उक्त छालाबाट बन्ने जिलेटिनको ब्यापक माग छ। अफ्रिकी देशमा गधाको प्रयोग सामान ओसार्न र यातायातका साधनका रूपमा गरिन्छ। सन् १९९० पछि चीनमा गधाको संख्या करिब आधा भइसकेको छ। चीनमा गधाको मासु पनि अत्यन्त लोकप्रिय छ। प्रत्येक वर्ष चीनमा १८ लाख गधाको छालाको कारोबार हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्