ऋचा सीमापारि



गायक पवन थिङको स्वरमा तयार भएको सीमापारि बोलको गीतको म्युजिक भिडियोले दर्शक तथा स्रँेताको मन जितेको छ। उक्त गीत गायक थिङको केही अघि सार्वजनिक भएको एकल गीति एल्बम फ्लाईमा समावेश छ।

गायक थिङले आफ्नै आधिकारिक यु ट्युब च्यानल पवन थिङमार्फत उक्त भिडियो सार्वजनिक गरेका हुन्। गायक थिङकै शब्दको उक्त गीतमा सुशन लामाको संगीत निर्देश्ँन छ। दीपेश प्रधान उक्त गीतका संगीत संयोजक हुन्।

पासाङ योञ्जनको निर्देश्ँनमा तयार भएको म्युजिक भिडियोमा अभिनेतृ ऋचा शर्माले अभिनय गरेकी छिन्। गायक थिङले अभिनेतृ शर्मालाई अभिनयमा साथ दिएका छन्। ज्ञानेन्द्र शर्माद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्