सहसचिवलाई विनाजिम्मेवारी तलब



टीका बन्धन, काठमाडौं
विज्ञान तथा प्रविधि मन्त्रालयले सो मन्त्रालयका एक सहसचिवलाई विगत डेढ वर्षदेखि कुनै पनि जिम्मेवारी तोकेको छैन। स्पष्ट जिम्मेवारी नतोक्दा सहसचिव रामआधार साह दैनिक हाजिर गर्दै घर फर्कने गर्नुभएको छ।

‘म अरू कर्मचारीसरह दैनिक मन्त्रालय आउँछु, कार्यालय समय अवधिभर यहीं हुन्छु, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘विनाकाम राज्यको तलब र सुविधा पाइरहेको छु।’ जिम्मेवारीविना राज्यले तोकेको सेवा⁄सुविधा लिन नमिल्ने साहको तर्क छ। स्पष्ट जिम्मेवारी नतोकिए पनि मन्त्रालयले उहाँलाई सहयोगी (पीए), कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, ड्राइभर र गाडी सुविधासमेत उपलब्ध गराएको छ।

साह जिम्मेवारीविहीन हुने मुख्य कारण मुलुकका पेट्रोलपम्पमा डिजिटल प्रविधि भित्त्याउने प्रसंगसँग जोडिन्छ। २०६८ मा गुणस्तर विभागको महानिर्देशक रहँदा पेट्रोलपम्पहरूमा डिजिटल प्रविधि भित्रिएको थियो। सो प्रविधि भित्त्याउने क्रममा अनियमितता गरेको मुद्दामा साह मुख्य नाइकेका रूपमा मुछिएपछि २०७२ मंसिरमा पुर्पक्षका लागि थुनामा पर्नुभएको थियो। गत वर्षको असारमा ललितपुर जिल्ला अदालतबाट सफाइ पाएपछि उहाँ विज्ञान मन्त्रालयमा हाजिर गर्दै आउनुभएको छ।

आफूविरुद्धको मुद्दा दर्ता हुनुअघि पनि साह विज्ञान मन्त्रालयकै सहसचिवको जिम्मेवारीमा रहनुभएको थियो। तर सफाइ पाएर फर्किंदा मन्त्रालय फर्कनुअघि नै साहको दरबन्दी काटिइसकेको थियो। विज्ञान मन्त्रालयले सो मन्त्रालयमा नापतौल प्राविधिक आवश्यक नरहेको अवगत गराउँदै सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेपछि दरबन्दी काटिएको थियो।

यसबारेमा जिज्ञाशा राख्दा विज्ञान मन्त्रालयका सचिव सञ्जय शर्मा उद्योग र सामान्य प्रशासन मन्त्रालयको बदमासीका कारण साह लामो समयसम्म जिम्मेवारीविहीन बन्नुपरेको बताउनुभयो। ‘विगतमा उद्योग मन्त्रालय मातहतका कर्मचारी रहनुभएका साहलाई सोही मन्त्रालयले जिम्मेवारी तोक्न सकेन’, शर्माले भन्नुभयो– ‘यसमा उद्योग र सामान्य दुवै मन्त्रालयको ठूलो बदमासी छ, उहाँ (साह)लाई अन्याय भएको छ।’ दुवै मन्त्रालयको मिलेमतोमा साहलाई कमजोर मन्त्रालयमा पन्छाइएको शर्माको तर्क छ।

अन्य मन्त्रालय धेरैवटा महाशाखा भए पनि विज्ञान मन्त्रालयमा केवल दुईवटा मात्रै महाशाखा छन्। सहसचिवले सम्हाल्ने प्रशासन र प्रविधि महाशाखा। प्रशासन महाशाखामा सहसचिव विगत डेढ वर्षदेखि रिक्त छ, कसैलाई तोकिएको छैन। दुवै महाशाखाको जिम्मेवारी सहसचिव सुरेन्द्र सुवेदीले एक्लैले सम्हाल्दै आउनुभएको छ। लामो समयदेखि रिक्त महाशाखामा मन्त्रालयले जिम्मेवारी तोक्न सक्ने भए पनि त्यसो हुन नसकेको सहसचिव साह बताउनुहुन्छ। प्रशासन महाशाखाको जिम्मेवारी रिक्त रहे पनि फाजिल दरबन्दीका साहलाई जिम्मेवारी सुम्पिन नमिल्ने सचिव शर्मा बताउनुहुन्छ।

गत वैशाख २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राविधिक समूहका साहको सेवा प्रशासनमा परिवर्तन गर्ने निर्णय गर्दै यसका लागि आवश्यक परामर्श लोकसेवाबाट लिने प्रक्रिया अघि बढाएको थियो। गत भदौ २ गते आयोगले सेवा परिवर्तनबारे सकारात्मक परामर्श दिए पनि राज्यले सो कुरालाई गम्भीर रूपमा नलिएको र विनाकारण लामो समयसम्म अनिर्णयको बन्दी बनाएको उहाँको आरोप छ। सोही मन्त्रालयका सचिव शर्मा भने प्राविधिक समूहका साहलाई प्राविधिक समूहमा नै स्थानान्तरण गर्नु व्यावहारिक हुने बताउँदै

प्रतिक्रिया दिनुहोस्