राजविराजमा सुन चोरी



शिवहरीप्रसाद भट्टराई, राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडा बजार स्थित अञ्जनी ज्वेलर्सबाट गए राती करिब २७ लाख मुल्य बराबरको गर–गहना चोरी भएको छ ।
चोरले पसलको ताल्चा फुटाई चोरी गरेको सञ्चालक राजेश्वर साह सोनारले जानकारी दिए । १५ लाख २८ हजार मुल्य बराबरको चाँदी र ८ लाख मुल्य बराबरको सुनको गरगहना तथा १ लाख ८८ हजार नगद गरी २६ लाख ४० हजार बराबरको चोरी भएको उनले वताएका छन् ।
पीडितको जाहेरीका आधारमा शंकास्पद ब्यक्तिलाई नियन्त्रणमा लिई सोधपुछ भईरहेको ईलाका प्रहरी कार्यालय छिन्नमस्ताका सई भुवन कार्कीले वताए ।
सप्तरीमा पछिल्लो समय सदरमुकाम राजविराज लगायत ग्रामिण क्षेत्रमा समेत श्रृंखलावद्ध चोरीका घट्ना भईरहेका छन् । तर, प्रहरीले हालसम्म कुनै पनि घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्