आईएमईद्वारा एस्कर्ट्सको मोबाइल भ्यान शुरू



काठमाडौं, (नेस)
आईएमई ग्रुपअन्तर्गतको भगिनी संस्था आईएमई अटोमोटिभ्स प्रालि नेपालका लागि एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक बितरकका रूपमा एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टको मोबाइल सर्भिस भ्यानको शुरूआत गरेको छ।

आईएमई अटोमोटिभ्सले एस्कर्ट्स ब्रान्डका कन्स्ट्रक्सन इक्विपमेन्टको नेपालका लागि आधिकारिक बिक्रेता भएर काम गरेको सन् २०१४ देखि हो। एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टका नेपालमा ब्याक लोडर, क्रेन, रोलर, कम्पैक्टरलगायतका उपकरण उपलब्ध छन्।

आईएमई ग्रुपसंँग युएम मोटरसाइकल र अशोक लेलैन्ड ब्रान्डका कमर्सियल भेहिकल पनि रहेका छन्

प्रतिक्रिया दिनुहोस्