ट्रेलरमा ए सोल्टिनी



निमा लामा तामाङ निर्देशित फिल्म ए सोल्टिनीको पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक ट्रेलरमा कमेडी र प्रेम झल्किएको छ। दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्म जिम्बा फिल्म्स् प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो।

अभिनेता सविन श्रेष्ठले ए सोल्टिनी मीठो फिल्म बनेकाले दर्शकले मन पराउनेमा आफू विश्वस्त भएको बताए। अर्का कलाकार अर्जुन गुरुङले पनि ए सोल्टिनीमा आफूले निकै दमदार भूमिका निर्वाह गरेको दाबी गरे। द्वन्द्व निर्देशक योगेन्द्र श्रेष्ठले फिल्मको सफलताका लागि कामना गरे।
तामाङ भाषाका झण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ए सोल्टिनी पहिलो नेपाली फिल्म हो। कार्यक्रममा निर्देशक निमाले फिल्म निकै रमाइलो भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे। उनले ए सोल्टिनीपछि दोषी को र परदेशले लुटेको सपना नामका फिल्म निर्देशन गरिसकेका छन्।

निर्माता दिलकुमारले ए सोल्टिनी पहिला विभिन्न देशमा विशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने जानकारी गराए। फिल्ममा सविन श्रेष्ठको साथमा अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले, बीबी रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन्। विश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र विनय केटुको संगीत छ। राज गोलेले द्वन्द्व निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्