प्रतिस्पर्धा गर्न नसक्दा डीडीसीका चिस्यान केन्द्र बन्द हुने अवस्थामा



गणेश घिमिरे, इलाम ।
दुग्ध बिकास संस्था (डीडीसी) ले स्थानीय लगानीकर्तासँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय चिस्यान केन्द्र नै उठाउने अवस्थामा पुगेका छन् । दूधबाट बन्ने परिकारको माग पनि बढेपछि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएका छन् । लामो समयदेखि सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले राम्रो मूल्य दिन थालेपछि डीडीसीसँगको नाता तोड्न थालेका हुन् ।

सूर्योदय नगरपालिकाको तीनखुट्टेमा रहेको लक्की डेरीले अहिले दैनिक एक हजार पाँचसय लिटर दूध प्रशोधन गर्छ । किसानले निजीस्तरबाट खुलेको लक्कीमा दूध बिक्री गर्छन् । तीन किलोमिटरभन्दा माथि रहेको डीडीसीकै पशुपतिनगर चिज उद्योगले दूध नपाएर करिब ११ किलोमिटर टाढा फिक्कलमा रहेको चिस्यान केन्द्रबाट खरिद गर्ने गरेको छ । डीडीसीले स्थानीय लगानीकर्तासँग प्रतिस्पर्धा गर्न नसक्दा कतिपय चिस्यान केन्द्र नै उठाउने अवस्थामा पुगेको डीडीसी स्रोतले जानकारी दिएको छ । प्रतिस्पर्धात्मक क्षमता कम भएकाले डीडीसीले पुरानो साख गुमाउँदै गएको इलाम नगरपालिका ४ मलातेका कृषक विष्णु दुलालले बताए । दुलाल आफै पनि स्थानीय सहकारीबाट दूध खरिद गरेर खुवा, छुर्पी र घिउ बनाउँने गर्दछन् ।

गुणस्तरका आधारमा उनले प्रतिलिटर ६० रुपैयाँसम्ममा दुग्ध खरिद गर्ने गरेका छन् । उज्यालो कृषि सहकारीमा समेत आबद्ध रहेका उनले दैनिक पाँचसय लिटर प्रशोधन गर्ने उनले स्थानीय सहकारीलाई पनि प्रतिलिटर एक रुपैयाँ कमिसन दिने गरेका छन् । इलामको पूर्वीक्षेत्रको अधिकांश दूध निजी उद्योगले लिन सुरु गरेको सूर्योदय नगरपालिका ४ को जनहित कृषि सहकारीका अध्यक्ष गोपाल भट्टराईले जानकारी दिए । प्रतिस्पर्धात्मक क्षमता समेत कम हुँदै गएको डिडिसिमा दुध बिक्रि गर्दै आएका इलामका कृषकहरु बताउँछन् । इलामको पूर्वीक्षेत्रको अधिकांश दूध निजी उद्योगले लिने गरेको छ । निजि उद्योगले अहिले दूध खरिद गरेर खुवा, छुर्पी र घिउ बनाउँछन् ।

सूर्योदय नगरपालिका बरबोटेका दिनेश महतल दैनिक दुईहजार पाँचसय लिटर दूध खरिद गर्ने गरेका छन् । उनले डीडीसीको भन्दा बढीमै दूध खरिद गर्ने गरेका छन् । निजी कारखानाले चिज, छुर्पी, घिउ, पनिर, ललिपप, बम्बैसन लगायत परिकार बनाउने गरेका छन् । इलाममा चिजका २५, ललिपप १३ र छुर्पीका उद्योगले जिल्लामै दूध प्रशोधन गर्ने गरेका छन् । सुगम क्षेत्रको दूध डीडीसी र निजी डेरीमा बिक्री हुने गरेको जिल्ला पशुसेवा कार्यालय इलामका पशु चिकित्सक डाक्टर पशुपति ढुङ्गानाले बताए । जिल्लामा दैनिक एक लाख २० हजार लिटर दूध व्यावसायिक रूपमा उत्पादन हुने गरेको पशुसेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्