को कति उदार ?



नयाँ सरकार गठनमा ठूलै गाठो बनेको राष्ट्रियसभा गठबन्धन सम्बन्धी अध्यादेश अन्तत ः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि खुलेको छ। एमालेले उदारताको ‘ग्रीन सिंग्नल’ देखाएपछि तीन महिनासम्म आफैले रोकेर राखेको अध्यादेश भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्। विहीवारको स्थायी समिति बैठकले अध्यादेशमा लचक हुने एमालेले संकेत गरेसँगै अध्यादेश प्रमाणीकरण भएको हो।

भर्खरको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको काँग्रेसलाई थोरै भएपनि अध्यादेश प्रमाणीकरणले महलम लागेको धरहराले बुझ्या छ। अब राष्ट्रिय सभाको निर्वाचन काँग्रेसले लिदै आएको एकल संक्रमणीय मत प्रणालीका आधारमा हुनेछ। राष्ट्रियसभा गठन प्रकृया अघि बढ्न नसक्दा प्रतिनिधिसभाको निर्वाचन परिणाम आउन ढिलो भएको राजनीतिक बजारको तर्क पनि विस्तार मथ्थर हुने चर्चा समेत हुन थालेको छ।

अध्यादेश प्रमाणीकिरणसँगै नयाँ सरकार गठनको बाटो समेत खुलेको चर्चा हुन थालेको छ। निर्वाचन आयोगले विहीवार राष्ट्रियसभा निर्वाचनका लागि १५ दिनको समय अवधि तोकेर दल दर्ताको आहृवान गरेको छ। त्यसैले अबको राजनीतिक निकासको बाटो खुला भएको जानकारहरू बताउँछन्। तर निकासका लागि कुन दल कति उदार र लचक हुन्छन् भन्ने उत्सुकता धेरैको छ, यसमा धेरै चासो धरहराको पनि छ।

प्रतिक्रिया दिनुहोस्