बिकीनीका कारण अर्बपति



काठमाडौं, (नेस)
भियतनामको एक एयरलाइन्स कम्पनी भियतजेट एबिएसनकी प्रमुख कार्यकारी अधिकृत थी फुओङ थाओ गुएन आफ्नो नवीनतम् विजनेस अवधारणका कारण भियतनामकै पहिलो र एकमात्र अर्बपति महिला हुन्। उनी विमानका प्रायः एयरहोस्टेसलाई मोडल बनाएर बिकीनीमा प्रस्तुत गर्छिन्। यसैका कारण उनको भियतजेट एयरलाइन्स हिट भएको हो।

फोब्र्सका अनुसार थीको सम्पत्ति २ अर्ब ४० करोड डलर रहेको छ। फोब्र्सले उनलाई सेल्फ मेड वमन बिलिनियर भनेको छ। थीको भियतजेट एअरलाइन्समा ९५ प्रतिशत शेयर थियो। भियतनामको पहिलो निजी एयरलाइन्स कम्पनी भियतजेटको मूल्य एक सय करोड डलर अर्थात् १० खर्ब ७२ अर्ब रुपियाँभन्दा बढी रहेको छ। यसबाहेक थीको एचडी बैंक र तीनवटा विच रिसोर्टसहित रियल स्टेटमा पनि लगानी छ।

थीले सन् २०१७ फेब्रुअरीमा थप आईपीओ जारी गर्दै पब्लिक कम्पनी बनाएकी हुन्। आईपीओ जारी गरेर थीले आफ्नो शेयरको ३० प्रतिशत बिक्री गरिन्। सन् २०११ मा लन्च गरिएको भियतजेट एयरलाइन्सले प्रतिदिन ३ सय उडान भर्ने गर्छ जुन देशकै कुल उडानको ४० प्रतिशत उडान हो।

थी बिकीनीको आइडियाबाट देशकै पहिलो अर्बपति महिला बनाउन सफल भएकी हुन्। उनले प्रायः आफ्नो एयरलाइन्स कम्पनीबाट सञ्चालित जहाजमा यात्रा गर्नेलाई आकर्षित गर्नका लागि विभिन्न खालका विज्ञापनको साहारा लिने गर्छिन्। यसैकारण भियतजेटले पनि केही न केही फरक काम गर्दै आइरहेको हो।

जहाजभित्रै मोडलिङ शो गर्दा एयरलाइन्सको जबरजस्त प्रचारप्रसार भयो। यसले सरकारी कम्पनीलाई समेत पछाडि पार्दै देशकै सबैभन्दा बढी मार्केट शेयर भएको एयरलाइन्स कम्पनी बन्न सफल बनायो।

थीले यदि कुनै व्यक्तिले आफ्नो कम्पनीलाई बिकीनी लगाउने केटीको जस्तै छविको नजरबाट हेर्छ भने आफूलाई कुनै आपत्ति नहुने बताउने गरेकी छिन्। थीको विमान कम्पनीले सरकारी कम्पनीलाई समेत पछाडि पार्दै डोमेस्टिक उडानमा समेत सबैभन्दा राम्रो व्यापार गर्न सफल भएको हो। धेरै व्यक्तिले थीको यो कदमको कडा आलोचना गरे पनि थी आफ्नो पृथक काम तथा प्रस्तुतीबाट आफ्ना यात्रु खुशी छिन् भने अरूले आपत्ति मानेर केही नहुने बताउने गर्छिन्। उनको भनाइ छ– ‘मैले कम्पनीको मार्केट ग्रोथ कसरी बढाउने भन्ने कुरालाई मात्र प्राथमिकतामा राखेँ।’

थीले सन् १९८८ बाट व्यापार गर्न शुरु गरेकी थिइन। सो बेला उनी मस्कोमा फाइनान्स र इकोनोमिक्सको औपचारिक अध्ययन गरिरहेकी थिइन्। शुरुमा उनले टे«ड डिस्टिब्युटरको काम गरिन्। थी शुरुवातमा जापान, हङकङ, साउथ कोरिया जस्ता मुलुकबाट उधारोमा कपडा, अफिसका सामान तथा उपभोग्य वस्तु खरिद गरेर ती वस्तुलाई रुसमा लगेर बिक्री गर्थिन। थीका अनुसार उनले आफ्नो मिहिनतका कारण सप्लायर्सको समेत मन जितेकी थिइन्। यो व्यापारबाट शुरुवातका ३ वर्षमै थी थाओले १ लाख डलर बराबरको कमाई गरिन्। यसपछि उनी भियतनाम फर्किन् र त्यहाँको एक प्रतिष्ठित बैंकमा लगानी गरिन्। यसपछि उनले सरकारी भियतनाम एयरलाइन्ससँग टक्कर लिने उद्देश्यले आफ्नै छुट्टै कम्पनी खोलिन्।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)

उनी विमानका प्रायः एयरहोस्टेसलाई मोडल बनाएर बिकीनीमा प्रस्तुत गर्छिन्। यसैका कारण उनको भियतजेट एयरलाइन्स हिट भएको हो। थी बिकीनीको आइडियाबाट देशकै पहिलो अर्बपति महिला बनाउन सफल भएकी हुन्।

प्रतिक्रिया दिनुहोस्