फ्रि बलुचिस्तान न्युयोर्कमा



न्युयोर्क, (एजेन्सी)
वल्र्ड बलोच अर्गनाइजेसनले जेनेभा र लन्डनपछि अब अमेरिकी शहर न्युयोर्कको चर्चित इलाका टाइम्स स्क्वायरमा फ्रि बलुचिस्तानमा विज्ञापन लगाएको छ। पाकिस्तानबाट स्वतन्त्र हुन फ्रि बलुचिस्तान अभियानका लागि टाइम्स स्क्वायरको बोर्डमा उक्त विज्ञापन राखिएको संगठनले जनाएको छ। संगठनअनुसार उक्त विज्ञापन ३ दिनसम्म अर्थात नयाँ वर्षसम्म बिलबोर्डमा रहने जनाइएको छ। उक्त बिलबोर्डलगायत सय ट्याक्सीमा पनि अभियानको विज्ञापन लगाइएको संस्थाले जानकारी दिएको छ। उक्त संगठनले गत सेप्टेम्बरमा स्विजरल्यान्डको जेनेभा र लन्डनमा पनि फ्री बलुचिस्तान अभियान चलाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्