देउवाको गृह जिल्लाका बोहोरालाई कार्वाहिको माग



काठमाडौं, (नेस) । काग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराका प्रदेशसभा तर्फका समानुपातिक उमेद्वार गोविन्दराज बोहोराले गत निर्वाचनमा पार्टीका आधिकारीक उमेद्वारले हराउने उदेश्यका साथ बाम गठबन्धन संग साठगाठ गरेको भन्दै कार्वाहिको माग गरिएको छ ।


नेपाली काग्रेस डडेलधुराले बोहोरा संग स्पष्टिकरण सोधेपनि उहाले स्पष्टिकरण समेत पेश नगरेको भन्दै विहिवार पार्टी केनिद्रय कार्यालयमा कार्वाहिको माग गर्दै उजुरी दर्ता गरिएको हो । दर्ता नम्बर ३५९ र ३६० मा उजुरीको निवेदन दर्ता भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको बेला प्रचारप्रसारको समयमा आफु र आफु निकटका कार्यकर्ताहरुलाई पार्टीको प्रचारप्रसारमा सामेल नगराई विपक्षि बाम गठबन्धनका उमेद्वारहरुसंग गोप्य साठगाठ गरेको आरोप बोहोरालाई लगाइएको छ ।
नेपाली काग्रेस डडेलधुराका अनुसार बोहोरा र बाम गठबन्धनका उमेद्वारवीच डडेलधुरा बसपार्कमा रहेको रोज होटलमा पार्टीको आधिकारीक उमेद्वारलाई पराजित गर्न गोप्य छलफल भएको पुष्टि भएको छ । बोहोरामाथि पार्टीका आधिकारीक उमेदवारलाई पराजित गराउन नेपाल विद्यार्थि संघका केन्द्रिय अध्यक्ष नैनसिह महरको गैरसरकारी संस्था बहुउदेशयीय विकास समाजको कार्यलय प्रयोग गरि बैठक राखेको आरोप पनि लगाइएको छ ।
पार्टी केन्द्रिय कार्यालयमा बोहोरा विरुद्ध उजुरी दिदै उहाले जिल्ला समन्वय समितिको निवास प्रयोग गरेर बाम गठबनधनलाई भोट मागेको प्रमाण पनि पेश गरीएको छ । कार्वाहिको माग गर्दै दर्ता गरिएको निवेदनमा बोहोरालाई समानुपातिक उमेद्वारको सुचीबाट हटाउन समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्