रसुवा पुगेर ओलीले भनेः रसुवागढीलाई अन्तर्राष्ट्रिय नाका बनाउछौँ



नेपाल समाचारपत्र, रसुवा ।
मंगलबार हेलिकोप्टरमा रसुवा पुगेका ओलीले रसुवागढीमा स्थानीय जनतालाई सम्बोधन गर्दै उनीहरुका माग तथा गुनासो सुनेका छन् ।

उनले रसुवागढी–केरुङ सीमा नाकाको अवलोकन गरेका छन्। मंगलबार रसुवा आएका उनले नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो क्षेत्रबाटै रेलमार्ग निर्माण गर्ने पनि उनले कार्यक्रममा बताएका छन् ।

भावी प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले चीनसँगको रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउने र काठमाडौंबाट रसुवागढीसम्म ४ लेनको सडक निर्माण गर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

रसुवागढी नाकाको स्थलगत निरीक्षणपछि ओलीले सो नाकालाई व्यवस्थित बनाउन अब आउने सरकारले ध्यान दिने बताए । ओलीले काठमाडौंबाट रसुवागढीसम्मको हालको २ लेनको सडक कालोपत्रे गर्ने र खोलापारीबाट ४ लेनको सडक निर्माण थाल्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्