सिंहदरवारभित्रै चोरी



काठमाडौं, (नेस)
सिंहदरवारभित्र रहेको स्थानीय विकास तथा संघीय मामिला मन्त्रालयको पार्किङमा पार्क गरी राखेको गाडीका ४ वटै टायर चोर्ने चोरलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरवारमा पार्किङ गरी राखेको गाडीको टायर ललितपुरको एउटा मोटर ग्यारेजमा फेला परेको छ।

टायर चोरीमा सिंहदरवारस्थित सरकारी कार्यालयकै चालकको संलग्नता रहेको प्रहरीले जानकारी दिएको छ। सोही मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा१ झ २९२७ नम्बरको टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको थियो। घटना सार्वजनिक भएको केही घन्टामै प्रहरीले चोरी भएको टायर ललितपुरको यूएन पार्कनजिक वाराही टायर सर्भिस सेन्टरमा फेला परेको प्रहरीले जानकारी दिएको छ। उक्त गाडीका टायर सरकारी चालक चन्द्रबहादुर मोक्तानले चोरी गरेको पनि प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्