ट्याक्टर दुर्घटनामा एकको मृत्यु चार घाइते



पाल्पा । वालुवा लिएर हिडिररहेको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन ।
पूर्वी पाल्पाको तारेगैराबाट वालुवा लिएर जल्पातर्फ आउदै गरेको लु३ त ८३७१ नम्वरको ट्याक्टर सडकबाट तल खसेको थियो । दुर्घटनामा पुर्वखोला गाउविकास समितीका ६६ वर्षीय मनवहादुर वाह्रघरे रहेका छन । त्यस्तै स्थानीय कर्णवहादुर कवर,रेवतवहादुर हिस्की, तिलवीर गाह र सुसान्त सारु सो दुर्घटनामा घाइते भएका छन । घाइतेको सदरमुकाम तानसेन स्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्