साहित्यकार पहारीको निधन



पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका पोखराथोकका साहित्यकार तथा सञ्चारकर्मी कृष्ण पहारीको निधन भएको छ । पत्रकारिता र साहित्य क्षेत्रमा ग्रामीण क्षेत्र रहेर योग्दान दिएका पहारीको ६२ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो ।

पहाडी सामुदायिक रेडियो मदनपोखरा र नेपाल पत्रकार महासँघ पाल्पा शाखाका साधारण सदस्य हुनुहुन्छ । पहारीले गजल, कविता संग्रह र हराएको मान्छे जस्ता पुस्तक लेख्नु भएको छ ।

पहारी हाल पोखराथोक साहित्य संगमका अध्यक्षसमेत हुनुन्छ ।

प्रतिक्रिया दिनुहोस्