बृद्ध भत्तामात्र बढाएर ज्येष्ठ नागरिकका समस्या समाधान हुँदैन



भंक्तपुर, (नेसं) । सरोकारवालाहरुले ज्येष्ठ नागरिक मैत्री नीति बनाउनका लागि सरकारलाई सुझाव दिएका छन । अबको २० देखि ३० वर्ष नेपालमा ज्येष्ठ नागरिकको संख्या तेब्बर हुने भन्दै उहाँहरुले अहिले देखि नै सरकारले ज्येष्ठ नागरिक मैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय ज्येष्ठ नागरिक कोष, मञ्जुका फाउन्डेशन र एजिङ नेपालले शुक्रवार संयुक्तरुपमा गरेको अन्तक्रिर्या कार्यक्रममा उहाँहरुले ज्येष्ठ नागरिकले अपनत्व गर्ने गरी सरकारले ज्येष्ठ नागरिक मैत्री नीति बनाउनुपर्नेमा जोड दिनुभयो । अहिले नेपालमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेका छन ।
एजिङ्ग नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले सरकारले ज्येष्ठ नागरिकका लागि बृत्ता मात्र वितरण गरेर उहाँहरुको समस्याको समाधान नहुने भन्दै अहिले देखि नै सरकारले ज्येष्ठ नागरिक मैत्री निर्माण गर्न सरकालाई सुझाव दिनुभयो ।
एजिङ नेपालले नेपालमा ज्येष्ठ नागरिकका विषयमा अध्ययन र अनुसन्धान गरी सरकारलाई सुझाव दिन सधै तयार रहेको उहाँको भनाइ छ । राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले ज्येष्ठ नागरिककाले अपनत्व गर्ने गरी सरकारले नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले
लाई तत्कालका लागि बृद्ध भत्ता मात्र वितरण गरेर ज्येष्ठ नागरिकका समस्या समाधान नहुने भएकाले अहिले देखि नै सरकारले ज्येष्ठ नागरिक मैत्री नीति निर्माण गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि निःशूल्क स्वस्थ्य बीमा, ज्येष्ठ नागरिकहरुले गर्न सक्ने कामका लागि सरकारले निरव्याजी ऋण उपलब्ध गराउनुपर्ने, प्रत्येक टोलमा ज्येष्ठ नागरिक घुलमलि गर्ने क्लब निर्माण गर्नुपर्ने र नयाँ पुस्तालाई ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक बनाउँदै जानुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।
कार्यक्रममा कोषका सदस्य सचिव जयप्रकाश केरुले ज्येष्ठ नागरिकका हरेक समस्याप्रति सरकार सजक र सचेत रहनुपर्ने भन्दै त्यसका लागि आफूहरु सरकारलाई सधै सहयोग गर्न तयार रहेको बताउनुभयो । प्रा.डा. पुष्ककमल सुवेदीले अहिले ज्येष्ठ नागरिकले भोग्दै आएका समस्या र सोको समाधान बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्