पृथ्वी जयन्तीमा मिस गोरखा घोषणा



सन्तोष अधिकारी, गोरखा । विभिन्न अडिशनबाट छानिएर आएको गोरखाली यूवतीहरुबाट आगामी पौष २७ पृथ्वी जयन्तीको अबसर पारेर मिस गोरखा घोषणा गरिने भएको छ । सौन्दर्य कला ब्यवसायी संघ गोरखा शाखाको आयोजनामा मिस गोरखा २०१७ ब्यूटि विथ ब्रेन नामक सो कार्यक्रम मार्फत मिस गोरखा घोषणा गरिने भएको हो । संघले शुक्रबार गोरखाका सञ्चारकर्मीहरु सँग छलफल गर्दै मिस गोरखा घोषणाको दिन सार्वजनिक गरेको हो ।
पहिलो र दोस्रो अडिसनबाट छनोट भएका ३२ जना गोरखाली यूवतीहरु मध्येबाट फाइनल राउण्डमा जम्मा २० जना पुग्ने र उनीहरु मध्ये एक जनालाई मिस गोरखा घोषणा गरिने छ । अहिले उनीहरुलाई विभिन्न विधामा प्रशिक्षण गराइरहेको सौंन्दर्य कला ब्यवसायी संघ गोरखाकी सचिब रिना गुरुङले जानकारी दिइन् । प्रशिक्षणमा उनीहरुको फोटो सुट, भिडियो प्रोफाइल, संस्कार संस्कृती तथा शैक्षिक अबलोकन भ्रमण, सेल्फ ट्यालेन्ट राउण्ड गराएर सिकाउने काम भइरहेको संघकी अध्यक्ष शुकु श्रेष्ठले जानकारी दिइन् ।
मिस गोरखा हुने यूवतीले नगद ५० हजार रुपैँया र साथमा अन्य उपहार पाउने छन् । त्यस्तै फस्ट रनरअपले क्राउन सहित ३० हजार रुपैँयाको साथमा अन्य पुरस्कार, सेकेण्ड रनरअपले क्राउन सहित २० हजार रुपैँया र अन्य पुरस्कार र थर्ड रनरअपले क्राउन सहित १० हजार रुपैँया र अन्य पुरस्कारहरु पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्