राजमार्गको वन क्षेत्रमा सरसफाइ



नेस, बारा । जितपुर सिमरा उपमहानगरपालिका र जिल्ला वन कार्यलय बाराले शुक्रबार राजमार्गको दायाबाया पर्ने वन क्षेत्रमा सरसाफाई गरेको छ । महानगरपालिकाको उत्तरी सिमामा रहेको चुरियामाई मन्दीरबाट दक्षिणको त्रिभुवन राजपथ र पथलैयापुर्व पुर्वपश्चिम राजमार्गको १६ किलोसम्मको करिव २० किलो मिटरको वन क्षेत्रमा सरसफाई गरिएको हो । राजमार्गमा पर्ने अमलेखगंज र पथलैया बजार बाहेक वन क्षेत्रमा मात्र सरसफाई गरिएको हो ।

जिल्ला वन कार्यालय सिमराका प्रमुख भैरवप्रसाद घिमिरेले राजमार्गमा चल्ने साधन र सवारीका यात्रुले फ्याकेका फोहरले प्रदुषण बढेर वन्यजन्तु र विरुवामा असर परेपछि सरसफाई गर्न परेको बताए । उनले वन क्षेत्रमा पर्ने राजमार्गको दुबै तर्फ रहेका फोहोर संकलन र व्यवस्थापन गरिएको जानकारी दिए । वन र पर्यावरण संरक्षणको लागि थालिएको अभियान जिल्लाका अन्य वन क्षेत्रमा पर्ने राजमार्गमा पनि शुरु गरिने जानकारी दिए । ‘जथाभावी फ्याकिएका फोहोरले दुगन्र्ध बढाएको छ, उनले भने सरसफाईले राजमार्गको सुन्दरता अभिवृद्धिसंगै वन संरक्षणमा पनि सहयोग गर्ने छ ।’
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धर, जीतपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख डा. कृष्ण पौडेल, उपप्रमुख सरस्वती चौधरी, प्रहरी उपरिक्षक राजकुमार बैदवार, सशस्त्र प्रहरी उपरिक्षक बिनुप्रसाद पाठक जिल्ला बन कार्यलय बाराका प्रमुख भैरव घिमिरे, जीतपुरसिमरा उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण उप्रेती, उपमहानगरको फोहोर ब्यवस्थापन समिति संयोजक ईश्वर खत्री, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीलगायत संयौ सहभागी थिए ।
सरसफाईमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी र सुरक्षाकर्मीको समेत सहभागिता रहको थियो । सवारीका यात्रुले जथाभावी फोहोर फाल्दा वन क्षेत्रमा पर्ने राजमार्गको दायावाया क्षेत्रमा प्लास्टिकजन्य फोहोरको मात्रा अत्याधिक वृद्धि हुदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्