समानुपातिकमा एमालेको अग्रता, नयाँ शक्ति पार्टी अन्तिममा



काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मत गणना कार्य अन्तिम चरणमा पुगेको निर्वाचन अायाेगले जनाएकाे छ । जारी मतगणनाको परिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।

नेकपा एमालेलाई पच्छ्याउँदै नेपाली कांग्रेस दोस्रो स्थानमा आएको छ भने नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ । त्यसैगरी संघीय समाजवादी फोरम चौथो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपाल पाँचौ र विवेकशील साझा पार्टी छैठौं तथा राष्ट्रिय प्रजातन्त्र पार्टी सातौं र राष्ट्रिय प्रजातन्त्रपार्टी (प्रजातान्त्रिक) ले आठौं स्थान पाएका छन् ।

त्यस्तै नयाँ शक्ति पार्टी नेपाल नौं र नेपाल मजदुर किसान पार्टी दसौं स्थानमा रहेका छन् ।

दलहरुले प्राप्त गरेको मत

प्रतिक्रिया दिनुहोस्