युद्धविराम घोषित



बोगोटा, (एजेन्सी)
कोलम्वियाको सबैभन्दा ठूलो आपराधिक समुहले राष्ट्रमा शान्ति स्थापना गर्ने उद्देश्यले आफुले एकपक्षिय युद्धविराम घोषणा गरेको छ। गल्फ क्लान उर्फ लोस उरावेनोस नामक सो समुहले १३ डिसेम्वरदेखि सेनामाथि कुनै पनि आक्रमण नगर्ने जनाएको छ। यस समुहका नाइकेले आफुले सरकार समक्ष आत्मसमर्पण गर्ने बताएका ेतीन महिनापछि युद्धविरामको घोषणा भएको हो। प्रहरीले गल्फ क्लान जस्ता अपराधिक समुहहरू कोलम्वियाको सुरक्षाका लागि ठूलो खतरा रहेको बताउँदै आएके थियो। गल्फ क्लानको करिव १ हजार ५ सय सक्रिय सदस्य रहेको बताइन्छ।

प्रतिक्रिया दिनुहोस्