गुजरात विधानसभाको एग्जिट पोलमा भाजपालाई बहुमत



नयाँदिल्ली (एजेन्सी)
भारतको बहुप्रतिक्षित गुजरात विधानसभा चुनावको दास्रो चरणको मतदान समाप्त भएपछि एग्जिट पोलको नतिजा आएका छन्। एनबीटी सी भोटर चुनावी नतिजा पुर्वानुमानले २२ बर्ष देखि प्रान्तिय सत्तामा रहेका भाजपालाई पुन एक पटक ५ बर्षका लागि बहुमत हासिल हुन सक्ने देखाएको छ।

१ सय ८२ सीट रहेका गुजरात विधानसभा चुनावमा भाजपालाई १ सय ८ सिट सहितको बहुमत प्राप्त हुने देखिएको छ। चुनावमा कडा प्रतिस्पर्धामा उत्रेका कांग्रेसले सिट संख्यामा सुधार गर्दै ७४ सिटमा सन्तुष्ट हुनु पर्ने देखिएको छ। यसअघि कांग्रेससँग गुजरात विधानसभामा ६१ सिट थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातको चुनावलाई केन्द्रमा उनको सरकारको परीक्षणका रूपमा लिइएको छ। इन्डिया टुडेको एग्जिट पोलले गुजरात विधानसभामा ९९ देखि १ सय १३ सिट भाजपाको पोल्टामा पर्ने अनुमान गरेको छ। त्यसैगरि कांग्रेसलाई ६८ देखि ८२ सिट हासिल हुने अपेक्षा गरिएको छ।

त्यसैगरी हिमांचल प्रदेशको विधानसभामा पनि भाजपालाई एक तर्फी जित हासिल हुने अनुमान गरिएको छ। ६८ सिट रहेको यस विधासभाका लागि भएको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपालाई ४७ देखि ५५ सिट हासिल हुने एक्जिट पोलले देखाएको छ। त्यसैगरि कांग्रेसलाई १३ देखि २० सिटमा सिमित हुन पर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्