नेपालसँग म्यानमार ३ सय ३७ रनले पराजित



काठमाडौं । थाइल्याण्डमा जारी एसीसी अन्डर सिक्सटीन इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ ।

समूह चरणको अन्तिम खेलमा म्यानमारलाई १३ रनमा अल आउट गर्दै नेपालले फराकिलो जीत निकाल्न सफल भएको हो । यस अघि २००६ मा सम्पन्न एसीसी ट्रफीमा पनि १० रन जोड्दा अलआउट गरेको थियो भने ११ रनको लक्ष्य २ बलमा भेटाएर चर्चा बटुलेको थियो ।

थाइल्याण्डस्थित टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै ३ सय ५० रन जोड्न सफल भएको थियो ।

समूह विजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको नेपालका लागि रित गौतमले अविजित सतकीय पारी खेले । गौतमले अन्डर सिक्सटिन उमेर समूहमा सतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् । गौतमले ७८ बलको सामना गरेका गौतमले १२ चौकको मद्दतमा व्यक्तिगत १ सय ६ रन जोड्न सफल भएका थिए ।

यस्तै, तिर्त राज दाशले ६४ रनको पारी खेल्दा विशाल विक्रमले ४२, कुशल मल्लले ३६ तथा सुवास ऐरले १७ रनको पारी खेले । बलिङ तर्फ म्यानमारका लागि हिन उङले सर्वाधिक ३ विकेट लिएका थिए । खेलमा म्यानमारलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि नारायण जोशी र मेक थापाले समान ४–४ विकेट हात पारे । अब नेपालले फाइनल प्रवेशका लागि मलेशियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्