समानुपातिकमा पहिलो दल बन्यो कांग्रेस



शालिकराम चालिसे, नुवाकोट ।
नुवाकोटको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने नेपाली काँग्रेस पोहिलो भएको छ । मंगलबार अबेर राति सम्पन्न मतगणनाअनुसार नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएको नुवाकोट क्षेत्र नं २ का निर्वाचन अधिकृत गोपाल लामिछानेले बताउनुभयो ।

प्रत्यक्षतर्फको सबै सिटमा गुमाएको काँग्रेसले समानुपातिकमा ४७ हजार २ सय ५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै, एमालेले ३९ हजार ६ सय ९ मत ल्याएर दोस्रो र माओवादी केन्द्रले २७ हजार ८५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा २३ हजार २९५ मत ल्याइ काँग्रेस पहिलो, १८ हजार ५सय १२ मतसहित माओवादी केन्द्र दोस्रो र १४ हजार ३५३ मतसहित एमाले तेस्रो भएको छ ।

क्षेत्र १ को प्रदेशसभातर्फ प्रदेशसभा (क) मा काँग्रेसले १२ हजार २६, माओवादी केन्द्रले १० हजार ६४६ र एमालेले पाँच हजार ३३२ मत ल्याएको छ । प्रदेश (ख) मा नेपाली काँग्रेसले ११ हजार २६९, एमालेले आठ हजार ७८३ र माओवादी केन्द्रले सात हजार ८६६ मत ल्याएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेले २५ हजार २५६, काँग्रेसले २४ हजार १६०, माओवादी केन्द्रले नौ हजार ३३८ मत ल्याएको छ । क्षेत्र नं २ को प्रदेश (क) मा एमालेले १२ हजार २२९, काँग्रेसले १० हजार ८७२ र माओवादी केन्द्रले पाँच हजार १०९ मत ल्याएको छ ।

यस्तै, प्रदेश (ख) मा काँग्रेसले ११ हजार ५६३, एमालेले १० हजार ७२२ र माओवादी केन्द्रले पाँच हजार २६२ मत ल्याएको निर्वाचन अधिकधृत लामिछानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्