प्रदेश नम्बर तीनको राजधानी भक्तपुरः महेश बस्नेत



भक्तपुर । नेकपा एमालेका तर्फबाट भक्तपुरबाट प्रतिनिधि र प्रदेशसभामा निर्वाचित प्रदेश र प्रतिनिधिसभाका सांसदहरुले भक्तपुरमा प्रदेशसभाको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रफत सञ्चार क्बलले गरेको साक्षात्कार कार्यक्रममा उनीरुले भक्तपुर ३ नं. प्रदेशका केन्द्र पर्ने र यहाँ पर्याप्त सार्वजनिक स्थल भएकाले भक्तपुरमा प्रदेशसभाको राजधानी निर्माणको पहल गर्ने दाबी गरेका हुन् ।

भक्तपुर २ नं. को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुनु भएका महेश बस्नेतले भक्तपुरको सानोथिमी क्षेत्र, सल्लाघारीको ९९ रोपनी जमिन, जगातीको इँटाटायल कारखाना लगायतका क्षेत्रमा ३ नं. प्रदेशको राजधानी निर्माण गर्न उपयुक्त स्थान भएको बताए ।

भक्तपुरलाई ३ नं. प्रदेशको अस्थायी राजधानी तोक्नका लागि आफू निर्वाचित भएपछि मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरुसँग कुरा गरिसकेकाले अब भक्तपुरमै अस्थायी राजधानी हुने बताए ।

उनले काम चलाउ सरकारले धमाधम राजनीतिक नियुक्ति गर्नु नैतिक रुपमा नमिल्ने भन्दै तत्काल सरकारले राजनीतिक नियुक्ती फिर्ता लिनुपर्नेमा जोड दिए ।

भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा क बाट निर्वाचित शशीजंग थापाले अब भक्तपुर नै ३ नं. प्रदेशको राजधानी हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरे । भक्तपुर शान्त सुन्दर हुनुका साथै पर्याप्त सार्वजनिक स्थान भएकाले यहाँ नै प्रदेशसभाका राजधानी हुने थापाको भनाइ छ ।

त्यस्नै भक्तपुर २ नं. निर्वाचन क्षेत्र प्रदेशसभा ख बाट निर्वाचित राजेन्द्रमान श्रेष्ठले बोडेको कृषि विकास तालिम केन्द्र र सानो थिमी स्थित शिक्षा विभागको क्षेत्रका र खरिपाटीको विद्युत प्राधिकरणको तालिम केन्द्रमा ३ नं. प्रदेशको अस्थायी राजधानी तोकिने बताए ।

प्रतिक्रिया दिनुहोस्