विशाल प्यागोडा नष्ट



बेइजिंग, (एजेन्सी)
एसियाकै सबैभन्दा अग्लो मानिएको एउटा प्यागोडा जलेर नष्ट भएको छ। चीनको सिचुआन प्रान्त स्थित पन्ध्र तल्ले उक्त काठको प्यागोडा आगलागिमा परेपछि ढलेको प्रहरीले जनाएके छ। उब्त आगलागिमा सो प्यागोडाको परिसरमै रहेका दुईवटा हलपनि नष्ट भएको जनाइएको छ।

सन् २००८ मा सो प्यागोडा भुकम्पबाट क्षतिग्रस्त भएके थियो। पुननिर्माणको प्रक्रियामा रहेकै अवस्थामा यसमा आगो लागेको हो। यसको पहिलो निर्माण सोह«ौं शताब्दिमा भएको थियो। प्रत्यक्षदर्शीहरूले एउटा हलबाट शुरूभएको आगो पछि दुईवटा भवनमा फैलिएको बताएक छन्।

प्रतिक्रिया दिनुहोस्