भिडियोसहित गीत सार्वजनिक



प्रकाश सिंहले आफ्नै शब्द, संगीत र स्वरमा केही चोटले बोलको गीत दर्शक स्रोतामाझ सार्वजनिक गरेका छन्। यो गीतको एरेन्ज र मिक्सिङ फिरोज बज्राचार्यले गरेका छन्। केही चोटले हानि गरायो केही चोटले ज्ञानी बनायो बोलको यो पप गीत मर्मस्पर्शी भावमा छ।

गीतको म्युजिक भिडियो बनाइएको छ। म्युजिक भिडियोमा मोडल कलाकार वर्षा सिवाकोटी र गम्भीर विष्ट फिचरिङ भएका छन्। ज्ञानेन्द्र शर्मा र महेश जोशीले गीत खिचेका छन् भने कलर र सम्पादनको काम नवीन निरौलाले गरेका हुन्। गम्भीर विष्टको निर्देशन रहेको म्युजिक भिडियोलाई सुरेन बस्यालले सहनिर्देशन गरेका हुन्। गीत सङ्स नेपालले युट्युबमा रिलिज गरेको छ भने गम्भीर विष्ट क्रियसनले गीत निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्