एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटः नेपालको तेस्रो जीत



काठमाडौँ । थाइल्यान्डमा जारी एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । मंगलबार भएको दोस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जीत निकालेको हो ।

थाइल्यान्डमा जारी एसीसी अन्डर–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा हङकङले दिएको ८३ रनको लक्ष्य नेपालले २४ ओभर १ बलमा ६ विकेट गुमाएर भेटाएको हो । नेपालको जीतमा तृथराज दासले सर्वाधिक २७ रनको योगदान गरे ।

त्यस्तै राजन मगरले १७ तथा विशाल विक्रम केसीले ११ रन जोडे । सुनील भण्डारी ११ रनमा अविजित रहे । हङकङका नासरुल्ला रानाले ३ तथा रौनक कपुर, आर्यन शरद शेट्टी र हुसेन खान महमदले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रनको स्कोर बनाएको थियो । खराब सुरुवात गरेको हङकङको लागि आर्यन शरद शेट्टीले सर्वाधिक २४ रनको पारी खेले ।

हङकङलाई सस्तैमा समेट्न नेपालका प्रतिष जिसीले ३ तथा अजय कुमार लोनियाले २ विकेट लिए । त्यस्तै निखिल कुमार सिहं र नारायण जोशीले समान १ – १ विकेट झारे ।

हङकङमाथिको जितसँगै समूह ए बाट नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । लगातार दुई खेलमा जित निकालेको नेपालले शीर्ष स्थानमा रहदै ४ अंक जोडेको छ । यो समूहमा २ अंक जोडेको हङकङ दोस्रो र समान अंकसहित थाइल्याण्ड तेस्रो स्थानमा छ । प्रतियोगिताको अन्तिम खेल नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्