काभ्रे जिल्ला बाम्पन्थिको किल्ला,बास्कोटाको देशमै तेश्रो ‘पपुलर’ मत



मोतीराम तिमल्सिना, काभ्रे ।
२०४८ र २०५१ सालमा बामपन्थिहरुले सबै निर्वाचन क्षेत्रमा विजय हासिल गरेका बाम्पन्थिहरुले २३ बर्षपछि आफ्नो बर्चश्व फर्काएका छन् । प्रतिनिधि सभाका २ वटा र प्रदेश सभाका चारवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरले बाम गठवन्धनका उम्मेदवारहरुले जित हात पारेका हुन् ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा गठवन्धन तर्फका नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा १७ हजार ८ सय ४८ फराकिलो मतान्तरले विजय भए । बास्कोटाले ९९ हजार ३ सय २८ मा बास्कोटाले ५४हजार ४ सय २७ मत प्राप्त गरे । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु प्रसाद आचार्यले ३६हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । सोहि क्षेत्रमा ४ हजार ९९ मत बदर भएको छ । सुर्य चिन्ह जस्तै देखिने नेपाली जनता दलले १ हजार ८८ मत प्राप्त गरेको थियो । बास्कोटा २०७० को संविधान सभाको निर्वाचनमा थोरै मतान्तरले पराजित भएका थिए । अहिले ५० हजार भन्दा धेरै मत ल्याउने उम्मेदवारहरु मध्ये बास्कोटा तेश्रो हुन् ।

सोहि प्रतिनिधि सभाको प्रदेश सभा १ मा नेकपा एमालेका लक्ष्मण लम्साल २७ हजार ६ सय २१ मत ल्याएर विजयी भए । ११ हजार ३२ मतान्तर फराकिलो मतान्तरले नेपाली कांग्रेसका सुरन्दरमणी आचार्यलाई पराजित गरेका हुन् । आचार्यको १६ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ मा नेकपा एमालेका बसुन्धरा हुमागईले २८ हजार ६ सय ७७ मत प्राप्त गरे । हुमागाईले नेपाली कांग्रेसका कञ्चनचन्द्र बादेलाई ६ हजार ८ सय ९७ फराकिलो मतान्तरमा पराजित हुन् । राज्य मन्त्री समेत भईसकेका बनेपाका रैथाने बादेको २१ हजार ७ सय ८० मत प्राप्त भएको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर १ मा गठवन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका गंगाबहादुर दोङ्ग बमध्वजले ४३ हजार ६ सय ३१ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिर्थ लामाले ३९ हजार ६ सय ५ मत प्राप्त गरे । ४ हजार २६ को फराकिलो मतान्तरले बमध्वज विजयी भएका हुन् ।

प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका रत्न ढकालले २५ हजार १ सय ६ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्द्धी सिवी लामाले ७ हजार ८ सय ५५ मत प्राप्त गरेका थिए । ७ हजार २ सय ५१ को फराकिलो मतान्तरले ढकालले लामालाई पराजित गरेका हुन् ।

प्रदेश सभा २ मा चर्चित डन गणेश लामालाई पराजित गर्दै एमाले निकट युवा संघका केन्द्रिय उपाध्यक्ष चन्द्र लामाले ४ हजार १ सय ७७ फराकिलो मतान्तरले पराजित गरे । चन्द्रले २४ हजार ४ सय ४७ मत प्राप्त गरेका थिए भने गणेशले २० हजार २ सय ७० मत प्राप्त गरेका थिए ।

बिजय जुलुसमा मानवसागर

जिल्लामा रहेका प्रतिनिधि सभा र प्रदेश सभाका ६ वटै सिटमा विजय हासिल गरेपछि विजय जुलुसमा विजेता सांसदहरुलाई बधाई दिन गाउँगाउँबाट सर्वसाधारण सदरमुकाममा ओईरिएका थिए । धुलिखेल देखि ५ किलोमिटर लामो यात्रा बनेपासम्म जुलुसले विजयउत्सव मनाएको थियो । विजय जुलुसमा मानवसागर उर्लिएको थियो । बनेपाको बसपार्कमा सभामा परिणत भएका सभामा विजयी उम्मेदवारहरुले सम्बोधन गरेका थिए ।

कांग्रेसको शुभकामना र धन्यवाद

२०५६ सालमा दुई सिट जितेर काभ्रेमा खाता खोेलेको नेपाली कांग्रेसले २०६४ सालमा शुन्य उपस्थिती जनाएपछि २०७० सालको निर्वाचनमा दुईवटा निर्वाचन क्षेत्रमा विजयी हासिल गरेको थियो । १३ वटा स्थानीय तह मध्ये ४ वटामा विजय प्राप्त गरेको नेपाली कांग्रेसको २०७४ को प्रतिनिधि सभा र प्रदेश सभामा शुन्य उपस्थिती रह्यो ।

परिणाम घोषणा भईनसक्दै कांग्रेस काभ्रेका पुर्व सभापति शिव हुमागाईले पत्रकार सम्मेलन मार्फत काभ्रेली जनतालाई धन्यवाद दिदै विजयी उम्मेदवारहरुलाई बधाई दिएका थिए । जिल्लाको विकास, शान्ति र सम्वृद्धीमा कांग्रेसले साथ दिने बताउँदै हुमागाईले परिणामलाई सदुपयोग गरी जिल्लाको विकास गर्न सुझाव दिएका थिए ।

विजयी उम्मेदवारहरुलाई प्रतिस्पर्धी उम्मेदवारहरु मधु आचार्य र कञ्चनचन्द्र बादेले मतगणनास्थलमै पुगेर बधाई तथा शुभकामना दिएका थिए । मतगणना स्थलमा डन गणेश लामा पाईला नै राख्न आएनन् भने सुन्दर, सिवी र तिर्थ विजेता घोषणाको अघिल्लो दिनसम्म बसिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्