गोरखा –२ मा बाबुराम भट्टराई विजयी



नेपाल समाचारपत्र, गारखा ।

यस प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सबभन्दा रोचक भीडन्तका रुपमा देखिएको गोरखा क्षेत्र नं.  २ मा नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई ३१ हजार ८ सय ७ मत ल्याएर विजयी भएका छन्।

 

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रतिनिधिसभा उम्मेद्वार नारायणकाजी श्रेष्ठलाई ७ हजार १ सय ७४ मतले हराएका हुन्। श्रेष्ठले २४ हजार ९ सय ३३ मत ल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्