कास्की क्षेत्र नम्बर दुईबाट रवीन्द्र अधिकारीको फराकिलो जीत



कास्की । नेकपा एमालेका युवा नेता रवीन्द्र अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि विजयी भएका छन् ।

भर्खरै सम्पन्न मतपरिणाम अनुसार अधिकारीले २७२०७ मतसहित प्रतिनिधिसभाका लागि आफ्नो स्थान पक्का गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवराज चालिसेले १८६६० मत ल्याउन सफल भए । दुई उम्मेदवारबीचको मतान्तर ८५४७ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्