सप्तरी क्षेत्र नम्बर २ बाट फोरम अध्यक्ष उपेन्द्र यादव विजयी



सप्तरी । सप्तरी क्षेत्र नम्बर २ बाट संघीय समाजावदी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् ।

अध्यक्ष यादवले २१६२० मत ल्याउँदै प्रतिनिधिसभाका लागि स्थान पक्का गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११५७९ मत प्राप्त गरेका छन् ।

राजपाका नेता बागी उठेपछि यादवले फराकिलो जित निकालेका हुन् । राजपा नेपालसँग फोरमले प्रदेश नम्बर २ मा तालमेल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्