सिन्धुपाल्चोकका दुवै क्षेत्रमा बाम गठबन्धन विजयी, पशुपति शमशेरको लज्जास्पद हार !



नेपाल समाचारपत्र, सिन्धुपाल्चोक ।
निकै चर्चामा रहेको सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधी सभा तर्फको अन्तिम परिणाम सार्वजनिक भएको छ । जस अनुसार जिल्लाका दुवै क्षेत्रमा बाम गठबन्धनका उमेदवार विजयी भएका छन् ।

क्षेत्र नं १ मा एमालेका शेर बहादुर तामाङले ३८४०१मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका पशुपती समशेरले ३०३६९ मात्रै मत ल्याए । यसरी उम्मेदवार शेर बहादुर तामाङ ८०३२ मतअन्तरले बिजयी भए ।

त्यस्तै क्षेत्र नं २ मा माओवादीका अग्नी सापकोटा ४०५०४ मत ल्याएर बिजयी भएका छन् । उनका निक्टत्म प्रतिद्वन्दी काँग्रेसका मोहन बस्नेतले २९७९८ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्