मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु



पाल्पा, रामपुर, पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर कुमाल रहेको सोही वडाका वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दमको रोगी रहेको कुमालले छोराको सहाराले मतदान गर्नुभएको थियो । मतदानगरेलगत्तै घर फर्कने क्रममा मतदान केन्द्र नजिकै उहाँको मृत्यु भएको हो ।
रासस

प्रतिक्रिया दिनुहोस्