सुर्खेतमा शान्तिपूर्ण रुपमा मतदान हुदै



प्रकाश पन्त, सुर्खेत ।

सुर्खेतका सबै मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको सूर्यज्योति मावि केन्द्रबाट पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य पू्र्णबहादुर खड्का, बीरेन्द्रनगर नगरपालिका १ स्थित सरस्वती आधारमुत विद्यालय ढोँडेखाली केन्द्रबाट काँग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी, बीरेन्द्रनगर ४ को भैरव मावि केन्द्रवाट एमालेका पोलिटव्यूरो सदस्य यामलाल कँडेलले मतदान गर्नु भएको छ ।

तस्वीर १ भोट हाल्दै पूर्व मन्त्री पूर्ण बहादुर खड्का, हृदयराम थानी र सुर्खेतको छिन्चुमा रहेको शारदा मावि मतदान केन्द्रको दृश्य ।

प्रतिक्रिया दिनुहोस्