राष्ट्रियता विवाद



श्रीनगर, (एजेन्सी)
जम्मु काश्मीरको राजधानी श्रीनगरको लाल चौकमा भारतीय झण्डा तिरंगा फहराउन गइरहेका केही शिवसैनिकलाई प्रहरीले हिरासतमा लिएको छ। नेसनल कन्फ्रेन्स पार्टीका अध्यक्ष तथा श्रीनगरका सांसद फारुख अब्दुल्लाले केन्द्र सरकार र भाजपालाई लाल चौकमा तिरंगा फहराएर देखाउन चुनौती दिएका थिए। उक्त चुनौतीलाई स्विकार्दै झण्डा फहराउन आएका शिव सेनाका कार्यकर्ता क्लक टावर क्षेत्रमा पुगेको तर उनीहरूलाई प्रहरी हिरासतमा लिएको थियो। अब्दुल्लाले गत हप्ता भनेका थिए– ‘भाजपाले पाकिस्तान अधीनस्थ काश्मिरमा झण्डा फहराउन चाहेको छ तर म उनीहरूलाई काश्मीरको लाल चौकमा फराउन चुनौती दिन्छु।’

प्रतिक्रिया दिनुहोस्