जापानी गीतमा नेपाली कलाकार



नेपाली कलाकारले अभिनय गरेको जापानिज गीत सार्वजनिक भएको छ। फिल्म माई लभका कलाकार गणेश लामा र शितल श्रेष्ठले अभिनय गरेको जापानिज गीत सार्वजनिक गरिएको हो।

माई लभकै उक्त गीतमा जापानिज नायिका युई चीहायताको पनि अभिनय गरेकी छिन्। साथै गीतमा जापानिज कोरस कलाकारहरुले फिचरिङ छन्। गीतमाता काफुमी होसाईको संगीत रहेको छ भने रेई सातो, शिनोबु ओशिमा, मिसाओ युईदा र युकातुका टोकुईको स्वर रहेको छ। गीतको शब्द भने सो फिल्मका जापानी निर्देशक डा. तोसिआकी इतोहले लेखेका हुन्। जापानमा नारायण जिसीले खिचेको गीतलाई प्रदीप श्रेष्ठले निर्देशन गरेका हुन्।

फिल्म आगामी मंसिर २९ गतेदेखि अल नेपाल रिलिज हुँदै छ। नेपालमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पको कथा बुनिएको फिल्ममा भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पुर्याएको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्धारकर्मीले खेलेको प्रशंसनीय भूमिकामा देखाइएको छ। फिल्मा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ। यस्तै नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइचीहायाता, शुतारो मत्सुदा, काजुतोशीथासाका, ताक् मियामोतोको समेतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्