श्रीकृष्णको सुनको सिक्री



बोके दाह्रीको उपनामले चिनिएका गायक श्रीकृष्ण लुईंटेलले सुनको सिक्री बोलको नयाँ गीत भिडियो सार्वजनिक गरेका छन्। सार्वजनिक गीतले आफ्नो जीवनसाथीलाई धोका दिनेहरुलाई व्यंग्य गरेको छ।

वैदेसिक रोजगारले निम्त्याएको विचलनलाई गीतले व्यंग्य कस्दै चेतना जगाउने प्रयास गरेको छ। सुपरहिट फिल्म छक्कापञ्जाको मूल कथासँग गीतको सार मिलेको पाइन्छ। लुईंटेलकै शब्द रहेको गीतमा उनलाई गायिका मनिषा पोख्रेलले स्वरमा साथ दिएकी छिन्। युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष, सन्जी, सुरज, रोशनी, निरज, ऋचासँगै श्रीकृष्ण पनि देखिएका छन्।

हासो र व्यंग्यले भरिएको गीत मन पराउने दर्शक तथा स्रोताका लागि परिचित नाम हो। पूर्वाञ्चलका स्टेज कार्यक्रममा व्यस्त गायक तथा कलाकार लुईंटेल गीतमार्फत् सामाजिक बिचलनमा पनि व्यंग्य कस्ने गर्छन्। ‘ए बाउ किन्देउन भटभटे’ बोलको गीतबाट दर्शक तथा स्रोतामाझ लोकप्रियता हासिल गरेका लुईं␀टेका बाख्रा स्टाइल, डल्लेकी बैनी, ओ के छ त, नलगाउ छोटाछोटा कपडा, बाँके बर्दिया र कलियुगको धर्मलगायत दर्जनौं गीत दर्शक स्रोताले मन पराएका छन्।

प्रतिक्रिया दिनुहोस्