उपप्रधानमन्त्री श्रेष्ठको उज्यालो स्याङ्जा देख्ने सपना



अमृत अर्याल, स्याङ्जा ।
गल्याङ् नगरपालिका वडा नं. १० पकवादीमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उमेदवार गोपालमान श्रेष्ठ पुग्दा स्थानीय दंग परे । मतदाता सगँ घरदैलो गर्दै पुगेका श्रेष्ठ पकवादी स्थित अधमारा गाँउमा पुगेका थिए । ०४८ सालबाट शुरु भएको निर्वाचनमा बन्दै आएका उमेदवार अहिले सम्म त्यो गाँउमा पुगेका थिएनन् । खानेपानीबाट समस्या झेल्दै आएका अधमारवासी नेपाल सरकारका उपप्रधानमन्त्री गाँउ आउदा अत्यन्तै खुशी देखिएका थिए ।

सरकारका उच्च अधिकारी र कुनै पनि सांसद अहिले सम्म अधमारा गाँउमा भोट माग्न समेत पुगेका थिएनन् । तर उपप्रधानमन्त्री तथा उमेदवार बनेका श्रेष्ठले अधमारावासी सगँ भोट माग्ने पहिलो उमेदवारका रुपमा चिनिनु भएको छ ।
अधमारावासीको एउटै मात्र माग हो हामीलाई खानेपानी र पक्की सडक । अधमारा गाँउ मगर बस्ती भएको ठाँउ हो । अधमारावासी सगँ भोट माग्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो मलाई जिताउनुहोस तपाईहरुका सबै काम म गरिदिने छु ।

सरकारका उपप्रधानमन्त्रीले यसो भन्दा अधमारावासी अत्यन्तै हर्सित भएको गल्याङ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष धुव्रशर्मा पंगेनीले बताउनुभयो । स्याङ्जा मात्रै नभएर मुलुककै नेता र विकास प्रेमी नेताका रुपमा चिनीन सफल भएका श्रेष्ठ भोट माग्न अहिले जनताको घरदैलोमा व्यस्त हुनुहुन्छ । जनताको घरदैलोमा भोट माग्न पुगेका श्रेष्ठले मलाई अव उज्यालो स्याङ्जा देख्न रहर भएको बताउनुभयो । स्याङ्जाको विकासमा अग्रणी भुमिका खेल्दै आएका श्रेष्ठलाई स्याङ्जावासीले विकास प्रेमी नेताको रुपमा चिन्ने गर्दछन् । हरेक गाँउमा पुग्ने सडक देखि लिएर आँधीखोला, ज्याग्दी खोला, दरौ खोला र कालीगण्डकीमा पुल बनाउने काम श्रेष्ठले नै गर्नुभएको हो ।

स्याङ्जा क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनमा ६ जनाले उमेदवारी दिएका छन् । ६ जना मध्ये विपि काँग्रेसका उमेदवारले श्रेष्ठलाई सघाउने भएपछि श्रेष्ठ सगँ ५ जना उमेदवारले प्रतिस्पर्धा गर्दै छन् । श्रेष्ठ भन्छन् मेरो उमेदवारीको तुलनामा अरु कोही नभएको दावी गर्दै जनताको आँखाले मलाई एक नम्वर देखेकोले मेरो जित सुनिश्चित भएको बताउछन् । मुलुकमा कम्युनिष्ट शासन आएमा अधिनायकवादले धकेल्ने आरोप लगाउदै श्रेष्ठले संसारबाटै लोप हुन थालेको कम्युनिष्ट अवको निर्वाचनबाट नेपालबाटै हराउने छ । मंसिर २४ गतेबाट निरन्तर श्रेष्ठ घरदैलो अभियानमा रहेका छन् ।

जनताको घरदैलोमा पुग्दा जनतामा खुशी छाएको श्रेष्ठले बताए । दुःखसुखको नेता गोपालमान श्रेष्ठ हो भन्दै आफु मुलुकका हरेक नेताहरु मध्ये छुट्टै खालको नेता भएको बताए । ४ पटक मन्त्री बनेका श्रेष्ठ यो पटकको सरकारमा उपप्रधान तथा शिक्षा मन्त्रीका रुपमा रहेका छन् । स्याङ्जावासीले अव श्रेष्ठलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्