दोस्रो चरणमा हुने निर्वाचनको सबै तयारी पूराः निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले आगामी मंसीर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पूरा भएको जानकारी गराए ।

बिहीबार आयोजित निर्वाचन र सामाजिक संजाल विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले निर्वाचनमा आम मतदाताले आफ्नोे प्रतिनिधि आफै छान्न पाउने वातावरण बनाउन आफूहरु लागि परेको स्पष्ट पारे । निर्वाचन आयोगले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तर अघि बढाइरहेको बताए छ ।

आयोगका प्रवक्ता ढकालले निर्वाचनलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सक्दो प्रयास भइरहेको बताए  । उनले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न समाजका सबै क्षेत्रको उत्तिकै सहयोगको आवश्यक्तामा पनि जोड दिए । प्रवक्ता ढकालले निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्नु आयोगका लागि मुख्य चुनौति भएको स्मरण गराए ।

आगामी मंसीर २१ गते दोस्रो चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन गत आईतबार सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्