उदयपुरमा बम विस्फोट, कांग्रेस उम्मेदवार कार्की गम्भीर अवस्थामा



काठमाडौँ । उदयपुरमा बुधबार बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित सात जना घाइते भएका छन् ।

उदयपुरगढी गाउँपालिका (६) मा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका छन् । कार्कीसँगै अन्य दुर्इ जना गम्भीर घाइते भएको समाचारपत्रकर्मी कुशलबाबु बस्नेतले जानकारी दिनुभएको छ ।

कार्की निवर्तमान सांसद हुन् । २०७० को चुनावमा विजयी भएपछि उनी सांसद बनेका थिए ।

बम विस्फोटमा परी राजन कार्की, धनमाया धौलाकोटी र निरा कटुवाल घाइते भएका छन् भने अन्यको भने केहि बेरमा नाम खुल्लने हम्रा जिल्ला सहकर्मीले बताउनुभयो ।

बम विस्फोट लगत्तै उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको र उद्धार गरी घाइते भएका उम्मेदवार कार्कीलार्इ उपचारका लागि हेलिकोप्टरबाट सिधै काठमाडौं पठाइएको छ ।

घाइते हुनेहरु सबै कार्यकर्ता रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्