डोटीमा मदिरा बिक्रि बितरणमा बन्द



विमल विष्ट, डोटी ।
यहि मंसिर २१ गते हुने केन्द्रिय तथा प्रदेश सभाको निर्वाचनका लागि भन्दै डोटीमा मदिरा बिक्रि बितरण तथा ओसार पसारमा रोक लगाईएको छ ।

जिल्ला प्रशासन कार्यालय डोटीले मंसिर २९ गते सम्मका लागि जिल्ला भरीमा मदिरा बिक्रि बितरण तथा ओसार पसार गर्नमा रोक लगाएको हो । मदिराका कारण आसन्न निर्वाचनमा असरपर्ने देखिएकाले मदिरा बिक्रि बितरण तथा ओसार पसारमा पुर्ण रुपमा बन्द गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले बताउनु भयो ।
उहाँले भन्नु भयो ‘चुनावको समयमा मदिरा बिक्रि बितरण तथा सेवनले बिभिन्न किसिमका झै झगडा लगायतका अन्य घटना हुनसक्ने भएकाले हामीले मदिरा बिक्रि बितरणको कार्य बन्द गरेका हौ ।’

त्यस्तै मदिरा बिक्रि बितरण गरेमा वा मदिरा खायर कसैले र्सावजनिक स्थानमा होहल्ला गरेमा तत्कालै पक्राउ गर्न र कानुनी कार्वाहि गर्न प्रहरीलाई निर्देशन दिईएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्