मोदी नदीमा कायाकिङ्ग प्रतियोगीता हुदै



धन बस्नेत, पोखरा ।

साहसिक खेलसंगै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कास्कीको मोदी नदीमा कायाकिङ्ग प्रतियोगीता हुने भएको छ ।

कास्कीको विरेठाँटीस्थित मोदी नदिमा करिव ३ सय मिटर लम्बाईमा उक्त प्रतियोगीता लागेको हो । नेपाल कायक एण्ड क्यानोन क्लव र विरेठाँटी क्यानोनिङ्गको सयुक्त आयोजनामा मंसिर १५ गते देखि १७ गते सम्म हुने उक्त प्रतियोगीतामा देश तथा विदेशका करिव ४० खेलाडीले सहभागी जनाउने आयोजकले बताएको छ ।

नदीमा एकल रुपमा खेलिने खेललाई साहसिक मानिन्छ । प्रतियोगितामा सहभागि खेलाडीहरुले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतियोगीतामा प्रथम हुने नगद ५० हजार, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद २० हजार प्राप्त गर्ने जनाएको छ । प्रतियोगीताले नेपालमा साहसिक खेल प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा आयोजकले राखेको छ ।

नेपालमा कायाकिङ्ग गर्न मिल्ने धेरै नदीहरु भए पनि प्रवद्र्धन हुन नसक्दा पर्यटकहरु अकर्षण हुन नसकेको विरेठाँटी क्यानोनिङ्गका संचालक विजय गुृरुङले जानकारी दिए । साहसिक खेलका लागि वर्षेनी लाखौँ पर्यटक नेपाल भित्रिने गरेपनि ठाँउहरुको जानकार नहुदाँ कतिपय पर्यटकहरु फर्किने गरेको उनको भनाई छ ।

गत असोज देखि संचालनमा आएको विरेठाँटी क्यानोनिङ्गले दैनिक साहसिक पर्यटकका लागि क्यानोनिङ्गमा रम्न अवसर दिदै आएको छ ।

कास्कीमा कायाकिङ्ग, प्याराग्लाइडिङ्ग, क्यानोनिङ्ग, बञ्जिजम्प, जिपफ्याइङ्ग लगायतका साहसिक खेलहरु व्यवसायीक रुपमा संचालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्