गोल्डेनगेट र प्राइम उपाधिनजिक



काठमाडौं, (नेस)
गोल्डेनगेट इन्टरनेसनल कलेज र डिफेन्डिङ च्याम्पियन प्राइम कलेज १६औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन्।

गोल्डेनगेटले सीसीआरसीलाई ५६–५५ को झिनो अन्तरले पराजित गरेको हो। गोल्डेनगेटको जितमा अभिषेक सिंहले २२ अंक योगदान गरे। प्रज्ज्वल महर्जनको २० अंक सहयोगमा प्राइमले पनि ग्रिनफिल्डलाई ५०–३२ ले हरायो।

जुनियर ब्वाइजमा साविक विजेता नेरिक र पुष्प सदनले उपाधि भिडन्त पक्का गरे। नेरिकले एआईएलाई ४३–३१ ले पाखा लगायो। नेरिकका भुवन थापाले १२ अंक जोडे। पुष्प सदनले ग्रिनफिल्डमाथि ३६–३२ को कठिन जित हात पार्यो। पुष्प सदनका लागि रोजिन महर्जनले २२ अंक जोडे।

प्रतिक्रिया दिनुहोस्