झुनझुनवाला कसरी भारतीय पुँजी बजारका बादशाह भए ?



“Rakesh Jhunjhunwala, Chartered Accountant.” *** Local Caption *** “Rakesh Jhunjhunwala, Chartered Accountant. Express archive photo”

काठमाडौं, (नेस)
विश्व पँुजी बजारका बादशाह वारेन वफेटले जस्तै भारतीय पुँजी बजारमा प्रसिद्धि कमाएको नाम हो राकेश झुनझुनवाला। ५ हजार भारुबाट कारोबार शुरु गरेर ८ खर्ब भारुभन्दा बढी सम्पत्ति जम्मा गरेका झुनझुनवालालाई पनि भारतीय पुँजी बजारका बादशाह नै मानिन्छ।

झुनझुनवालाको जन्म ५ जुलाई १९६० मा भएको थियो। कर अधिकृतका रूपमा काम गर्ने झुनझुनवालाका बाबुमा पनि स्टक मार्केटबारे निकै उत्सुक्ता थियो। बाबुले पुँजी बजारका विषयमा साथीसँग छलफल गरेको झुनझुनवाला पनि निकै चाख मानेर सुन्ने गर्थे।

जिज्ञासु स्वभावका उनले आफ्ना बुबासँग बजार मूल्यमा हुने उतारचढाव बारे सोध्दा बजारसम्बन्धीको सूचनाले गर्दा बजारको मूल्य परिवर्तन हुने जवाफ पाएका थिए। यो नै उनको जीवनमा शेयर सम्बन्धीको उब्जिएको पहिलो प्रश्न तथा शेयर सम्बन्धीको पाठ थियो। उच्च शिक्षापछि उनले पुँजी तथा वित्त क्षेत्रका बारेमा थप ज्ञान लिन भनेर नै मुम्बई विश्वविद्यालयअन्तर्गतको ‘द इन्स्च्यिुट अफ चार्टड एकान्टेन्टेन्स’ मा चार्टड एकाउन्टेन्ट पढे त्यसलाई सन् १९८५ मा पूरा गरे।
सीए अध्ययन पूरा गरेपछि उनले सन् १९८५ मा पुँजी बजारमा पाइला राखेका थिए।उनले सन् १९८६ मा पहिलोपटक सबैभन्दा ठूलो मुनाफा शून्य दशमलव ५० लाख भारु कमाउन सफल भए। उनले टाटा टीको ५ हजार कित्ता शेयर प्रतिकित्ता ४३ रुपियाँमा किनेका थिए। तीन महिनाको अवधिमा उक्त शेयर मूल्य सय रुपियाँले बढ्यो र १ सय ४३ रुपियाँ प्रतिकित्ता बेचे।

त्यसैगरी उनलाई प्रमुख सफलता आइरन माइनिङ कम्पनी सेसा गोवा (हाल सेसा स्तरलाइट) कम्पनीबाट प्राप्त भयो। उक्त कम्पनीबाट सन् १९८६ देखि १९८९ सम्म आईपुग्दा २५ लाख भारु कमाउन सफल भए। उनले ठूलो मुनाफा आर्जन गरेको शेयर लगानीमा फवार्ड कन्ट्रयाक सेसा गोवाको ४ लाख कित्ता करिब १ करोड भारुमा किनेका थिए। ६० रुपियाँमा किनेको उक्त शेयरमा उनलाई प्रतिशेयर १० रुपियँँ नाफा भएको थियो। सोही बीचमा उनले अर्को १० लाख कित्ता १ सय ५० रुपियाँमा किनेर १ सय ७५ रुपियाँमा बेचे। यस कम्पनीको शेयर मूल्य बढेर २ हजार २ सय रुपियाँसम्म पुगेको थियो। यसरी झुनझुनवालाको पुँजी बजारमा साम्राज्य बनाउँ गए।

भारतीय पुँजी बजारमा सबैजना झुनझुनवालाको पोर्टफोलियोमा कुन शेयर छ भनेर जान्न चाहान्छन् भने ठूलो संख्यामा लगानीकर्ताहरूले त्यसलाई पछ्याउछन् पनि। तर, झुनझुनवाला स्वयम् भने गल्तीबाट पाठ सिक्नुपर्ने आफ्नो जीवनको मूलमन्त्रमा विश्वास गर्छन्। आफ्नो गल्तीबाट धेरै पाठ सिकेको र सोही कारणले आफू सफल लगानीकर्ता भएको उनको भनाइ छ। ‘हामीले मार्केटको ट्रेन्डलाई प्रमुख मान्नुपर्छ। यदि, तपार्इं मार्केटलाई प्रमुख मान्नु हुन्न भने तपाईंले आफ्नो गल्ती स्वीकार गर्नु हुँदैन। तपाईंले आफ्नो गल्ती स्वीकार गर्नु हुन्न भने कहिले पनि स्टक मार्केटको बारे सिक्नु हुन्न।’– यही सिद्धान्तलाई उनले आफ्नो आदर्श मान्छन।
स्टक मार्केटमा सफल बन्न अरूको गल्तीबाट सिक्नु मात्र नभएर आफूले गरेको गल्ती पनि स्वीकार गर्नुपर्छ। कुनै पनि कम्पनीको नराम्रो भएमा त्यस कम्पनीको प्रोमोटरलाई गाली गर्नुभन्दा आफ्नो पनि गल्ती भएको स्वीकार गर्नु सक्नुपर्छ। हामीले बाहिरबाट चिन्ने प्रमोटर उही हो।

तर, हामीले सोचेको र अनुमान गरेको होइन भने कुरा बुझ्न सक्नुपर्ने सफल लगानीकर्ताको पहिचान भएको उनको भनाइ छ। आफ्नो जीवनमा सिकेको स्टक मार्केटको ज्ञानबाट जहिले पनि पैसा कमाउने कोसिस जारी राख्ने र शेयर लगानी गर्ने रहेको बताउँछन्। झुनझुनवालाको विचारमा भारती अर्थतन्त्र निकै राम्रो अवस्थामा रहेकाले आगामी २० वर्षसम्म भारती पुँजी बजार बुलिस ट्रेन रहेको बताउने गरेका छन्।
(विभिन्न अन्तर्राष्ट्रिय समाचार
एजेन्सीको सहयोगमा)

मार्केटलाई प्रमुख मान्नु हुन्न भने तपाईंले आफ्नो गल्ती स्वीकार गर्नु हुँदैन। तपाईंले आफ्नो गल्ती स्वीकार गर्नु हुन्न भने कहिले पनि स्टक मार्केटको बारे सिक्नु हुन्न।

प्रतिक्रिया दिनुहोस्