रोबिन्होलाई ९ वर्ष जेल सजाय



रोम, (एजेन्सी)
ब्राजिलियन चर्चित फुटबल खेलाडी रोबिन्होलाई बलात्कारको अभियोगमा ९ वर्ष जेल सजाय सुनाएको छ।

इटालीस्थित मिलानको एक अदालतले म्यानचेस्टर सिटीका पूर्व खेलाडी रोबिन्होलाई सामूहिक बलात्कारमा संलग्न भएको दोषी ठहर गद ९ वर्षको जेल सजाय सुनाएको हो। सन् २०१३ मा एक अल्बानियाली युवतीको सामूहिक बलात्कारमा उनीसँगै अन्य पाँच ब्राजिलियन पनि संलग्न भएको दोषी ठहर गर्दै जेल सजाय तोकिएको छ। २२ वर्षीया ती महिलालाई डिस्को क्लबबाट निस्केपछि उनीहरूले बलात्कार गरेको अदालतले ठहर गरेको छ।

अदालतले पीडितलाई ७१ हजार डलर क्षतिपूर्ति दिनुपर्ने पनि फैसला सुनाएको छ। ३३ वर्षीय विवाहित रोबिन्होले सन् २०१० देखि २०१५ सम्म मिलानका लागि फुटबल खेल्दै आएका थिए। सुनुवाईका क्रममा उनी अदालतमा अनुपस्थित रहेका थिए। अहिले ब्राजिलको क्लबमा आबद्ध उनले आफू घटनामा संलग्न नभएको दाबी गर्दै अदालतको आदेशविरुद्ध सम्पूर्ण कानुनी उपचार प्रयोग गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्