माझी पक्राउ



टोक्यो, (एजेन्सी)
उत्तर कोरियाली माझी बताइएका आठ जना पुरुष चढेको एउटा डुंगा जापानको समुद्रीतटमा बगाएर ल्याएको बताइएको छ। जापानी प्रहरीले युरीहोन्जो शहरमा बिहीबार राति अलपत्र अवस्थामा फेला परेका तिनीहरुलाई हिरासतमा लिएको छ। तिनीहरुले आफ्नो डुंगामा समस्या आएकाले जापानी जल क्षेत्रमा आइपुगेको बताएका छन्। प्रायशः जापानी सुरक्षाकर्मीले उत्तर कोरियाको माछा मार्ने डुंगा आफ्नो जलीय क्षेत्रमा अलपत्र अवस्थामा भेटाई माझीहरुलाई उद्धार गर्ने गरेको छ। तर कहिलेकाहीँ समुद्रमा तैरिरहेका डुंगामा लाश पनि फेला पर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्