प्रलोभनमा नपरी आफूले चाहेको पार्टी र उम्मेद्वारलाई मतदान गर्न योगेश भट्टराईको आग्रह



रविन भट्टराई, ताप्लेजुङ

नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कसैको प्रलोभनमा नपरी आफूले चाहेको पार्टी र उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

शुक्रबार ताप्लेजुङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले यस्तो समय बारम्बार नआउने भएकाले आफ्नो मताधिकार निस्पक्ष रुपमा प्रयोग गर्न आग्रह गर्नभएको हो ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन नेपाल सरकार तथा सबै सुरक्षा निकायहरुलाई उहाँले आग्रह समेत गर्नुभयो । विभिन्न स्थानमा भएका विष्फोट र उम्मेदवारमाथि भएका आक्रमणमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न पनि उहाँले सकारसमक्ष अनुरोध गर्नुभएको थियो ।

देशका विभिन्न ठाउँमा बिष्फोट गराउने समुह भनेर सरकारले जसलाई आशंका गरिरहेको छ त्यो व्यक्ति वा समुहले जिम्मा नलिएको अवस्थामा सरकाले उनीहरुको पहिचान गर्नुपर्नेमा सचिव भट्टराईको जोड थियो । पहिलो चरण निर्वाचन अन्र्तगत प्रतिनिधि सभा र प्रदेश सभाको मंसिर १० गते ३२ जिल्लामा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्