महिला क्रिकेटमा मलेसिया नेपालसँग ३३ रनेले पराजित



काठमाडौं।  थाइल्याण्डमा जारी आईसीसी महिला टी–२० वर्ल्डकप एसिया क्वालिफायर प्रतियोगितामा नेपालले मलेसियालाई हराउँदै पहिलो जीत हात पारेको छ ।

नेपालले आफ्नो चौथो खेलमा शुक्रवार मलेसियालाई ३३ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १०८ रन बनाएको थियो । १०९ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको मलेसियालाई नेपालले ७५ रनमा समेट्यो ।

मलेसियासँगको जीत पछि नेपालले ४ अंक जोडेको छ । यसअघिका तीन खेलमध्ये यूएईसँगको तेस्रो खेलमा ५ रनले पराजित भएको नेपालले थाइल्याण्डसँग पहिलो र हङकङसँगको दोस्रो खेल बर्षाले प्रभावित भएपछि अंक बाँडेको थियो ।

जारी प्रतियोगितामा ४ खेलबाट ७ अंक जोडेको थाइल्याण्ड पहिलो तथा ३ खेलबाट ५ अंक रहेको हङकङ दोस्रो स्थानमा छ । यो प्रतियोगिताबाट शीर्ष दुईमा स्थान बनाएका दुई टोलीले महिला विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्